'मुंग्री माछा नेपालमा प्रतिबन्ध लगाउनुको कारण ।थारू पाेर्टल'

August 3, 2025

No data was found

विद्यानन्द चाैधरी

साउन।१८।कानेपाेखरी

विश्वमा पाइने विभिन्न प्रजातिका माछामध्ये मुंग्री माछा (Catfish) हाल विश्वव्यापी रूपमा विवादित माछाको रूपमा चिनिँदै आएको छ। वैज्ञानिक अनुसन्धानहरूबाट थाहा भए अनुसार, यस माछामा अत्यधिक मात्रामा विषालु धातु पारो (Mercury) पाइन्छ, जसले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने पुष्टि भएको छ।

पारो एक किसिमको भारी धातु हो, जुन मानव शरीरमा विस्तारै जम्मा हुँदै जान्छ। यसको दीर्घकालीन असरले क्यान्सर, मस्तिष्कको क्षति, स्नायु प्रणालीको हानि, र अन्य गम्भीर दीर्घरोगहरू निम्त्याउन सक्छ। यद्यपि थोरै मात्रामा पारो अन्य केही माछाहरूमा पनि देखिन्छ, तर त्यो मात्रा सुरक्षित सीमाभित्र रहन्छ। तर मुंग्री माछामा भने पारोको मात्रा  बढी पाइएकाले यसलाई स्वास्थ्यका दृष्टिले अत्यन्त जोखिमपूर्ण मानिएको छ।

यही कारणले गर्दा थाइल्याण्ड, म्यानमार, बंगलादेश, भारत लगायतका देशहरूले मुंग्री माछा आयात, उत्पादन तथा उपभोगमा औपचारिक प्रतिबन्ध लगाएका छन्। नेपालमा पनि यस माछालाई प्रतिबन्धित सूचीमा राखिएको छ। यद्यपि, अझै पनि यो माछा भारतबाट चोरी पैठारी हुने क्रम रोकिएको छैन, जुन गम्भीर सरोकारको विषय हो।

पारोको असर बुझाउन एउटा साधारण उदाहरण लिन सकिन्छ—ज्वरो नाप्ने थर्मोमिटरहरूमा प्रयोग हुने पारो। पहिले थर्मोमिटरहरूमा पारो प्रयोग गरिन्थ्यो, तर यसबाट हुने स्वास्थ्य हानिका कारण अहिले अधिकांश स्थानमा तिनको प्रयोग रोकिएको छ। कतिपय अस्पतालहरूमा त ‘पारोमुक्त अस्पताल’ भन्ने चेतावनीसहितको बोर्ड समेत राखिएको पाइन्छ।

यसैले, सस्तो, सजिलो वा स्वादिलो भन्ने लोभमा स्वास्थ्यका लागि जोखिमपूर्ण वस्तु उपभोग गर्नु दीर्घकालीन रूपमा हानिकारक बन्न सक्छ। आम नागरिकमा स्वास्थ्य सचेतना फैलाउँदै, मुंग्री माछाको सेवनबाट टाढा रहन आग्रह गरिन्छ। कानेपाेखरी गाउँपालिकामा  भने पुरै बन्रदेज गरिएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?

भाद्र ३० गते मनाइने जितिया पर्वको अवसरमा सुनिल चाैधरीकाे थारु गीत ‘ऐलै जितिया’ सार्वजनिक हुने ।थारू पाेर्टल

उमेरले होइन, इच्छाशक्तिले जिम्मेवारी पूरा हुन्छ : तेजस्वीको प्रेरणादायी यात्रा ।थारू पाेर्टल

कुशेऔँसी तथा बुबाकाे मुख हेर्ने दिन ।थारू पाेर्टल

‘चौधरी’ शब्दको व्युत्पति संस्कृतको चक्रधारी शब्दबाट व्युत्पन्न भएको हाे । थारू पाेर्टल

भदौ ९ गते सोमबारबाट निजी विद्यालयल अनिश्चितकालीन  बन्दकाे घोषणा ।थारू पाेर्टल

जनता क्याम्पस रंगेलीले  छात्र छात्राहरुलाई  गर्येा सम्मान ।थारू पाेर्टल

थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग ।थारू पाेर्टल

घरको सेफ्टी ट्यांकीभित्र दुई पुरुष मृत फेला ।थारू पाेर्टल