'सित्तल भेट बस्यालकाे ‘यसपालीको दशैँ तिहार’ सार्वजनिक ।'

November 12, 2024

No data was found

असाेज १६।
नेपालीहरूको महान पर्व दशैँ तथा तिहारलाई लक्षित गरी तयार पारिएको नयाँ गीत र म्युजिक भिडिओ सार्वजनिक भएको छ। सित्तल भेट बस्यालको शव्द संगीत र स्वर भरिएको ‘यसपालीको दशैं तिहार’ म्युजिक भिडिओ युट्युवमार्फत सार्वजनिक गरिएको छ।

गीतमा कारुणिक विषयबस्तु उठाउँदै चाडपर्वको रमाइलो विषयलाई पनि गाँसिएको छ। सोहीअनुसारको म्युजिक भिडिओ बनेको निर्देशक सित्तल भेट बस्यालले जानकारी दिए। गीतको एरेन्ज योगेशकाजी शाहले गरेका छन्। मनोज परियारले रेकर्डिङ, मास्टरिङ र मिक्सिङ गरेको गीत एसएमएस एचडिमा रेकर्ड भएको गरिएको हो। परदेशी तथा लाहुरेको कथा समेटिएको म्युजिक भिडिओमा भेट बस्यालसहित रिचा थापा, एलिना केसी, ईश्वर दुलाल, देवी प्रसाद, रोमा बिष्टलगायत कलाकारहरूको अभिनय छ। निरन श्रेष्ठको नृत्य निर्देशन रहेको भिडिओेलाई बासु बरालले छायाङ्कन गरेका हुन् भने टिकेन्द्र शाहीले सम्पादन तथा कलर करेक्शन गरेका छन्। भिडिओको सहायक निर्देशन दुलालले गरेका हुन्। भिडिओ लाई वाइड नेपाल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । भिडिओः https://www.youtube.com/watch?v=Djw9VeB6Y24

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?

भाद्र ३० गते मनाइने जितिया पर्वको अवसरमा सुनिल चाैधरीकाे थारु गीत ‘ऐलै जितिया’ सार्वजनिक हुने ।थारू पाेर्टल

उमेरले होइन, इच्छाशक्तिले जिम्मेवारी पूरा हुन्छ : तेजस्वीको प्रेरणादायी यात्रा ।थारू पाेर्टल

कुशेऔँसी तथा बुबाकाे मुख हेर्ने दिन ।थारू पाेर्टल

‘चौधरी’ शब्दको व्युत्पति संस्कृतको चक्रधारी शब्दबाट व्युत्पन्न भएको हाे । थारू पाेर्टल

भदौ ९ गते सोमबारबाट निजी विद्यालयल अनिश्चितकालीन  बन्दकाे घोषणा ।थारू पाेर्टल

जनता क्याम्पस रंगेलीले  छात्र छात्राहरुलाई  गर्येा सम्मान ।थारू पाेर्टल

थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग ।थारू पाेर्टल

घरको सेफ्टी ट्यांकीभित्र दुई पुरुष मृत फेला ।थारू पाेर्टल